स्पर्श खबर

समाजवादी महाधिवेशन : बन्दसत्र सुरू

स्पर्श खबर जितपुर बारा असार १७ गते: नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी…

Read More

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीलाई भेट्न उनी आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ। सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ। आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

Read More

मतदाता नामावलीमा चित्त नबुझ्दा नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

रन्जित चौधरी, बारा, असार १५ गते : नेपाल पत्रकार महासंघ पर्साको कार्यालयले प्रकाशन गरेको मतदाता नामावली चित्त बुझ्दो नदेखिएपछि नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा रहेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आज तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघको चुनावको माहोल तात्दै गर्दा महासंघको विधान र प्रकृया विपरीत महासंघको केन्द्रिय कार्यसमितिले महासंघको मतदाता नामावली प्रकाशित…

Read More

पर्सामा ६ महिलासहित ३० जनाद्वारा रक्तदान रन्जित चौधरी, बारा, असार १५ गते : पर्साको वीरगन्ज महानगरपालिकामा रहेको बृहस्पति फाउंडेशन नेपालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान हो भन्ने नाराको साथ पर्साको वीरगन्जस्थित गहवामाई अतिथि सदनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला तथा…

Read More

पर्साको नगवामा वृक्षरोपण कार्यक्रम सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ नगवामा आज वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जमा रहेको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले वीरगन्ज-१६ नगवामा अवस्थित नेपाल प्रौढ संघ नामक वृद्धाश्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षणका लागि वृक्षरोपण कार्य अति महत्त्वपूर्ण रहेको कुरामा जोड दिँदै…

Read More

पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् । प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन…

Read More

बारामा पुन: दोहोरियो सवारी दुर्घटना

रन्जित चाैधरी, बारा, असार १५ गते : बारामा समयसमयमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएतापनि सवारी दुर्घटनाका मामिलामा कमी आएको छैन । बारामा निरन्तर रुपमा सवारी साधन दुर्घटना दोहोरिँदै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई नजिकै पुन: सवारी दुर्घटना भएको हो । चुरियामाई मन्दिरदेखि लगभग ३०० मिटर दक्षिणतर्फको जङ्गलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।…

Read More

बारामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग राख्दै शैक्षिक हड़तालको लागि तयारी गर्ने

रन्जित चाैधरी, बारा, असार १५ गते : रन्जित चाैधरी, बारा, असार १५ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा आम जनता पार्टी सम्बद्ध बारा जिल्ला पदाअधिकारीहरुको संलग्नतामा आज विशेष बैठक बसेको छ । उक्त बैठकले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नरहेको र यसले गर्दा विद्यार्थीको भविष्य तथा समग्र शिक्षा क्षेत्रमा…

Read More

परियारको स्वरमा ‘तातो पानी ’सार्वजनिक

स्पर्श खबर जितपुर बारा असार १५ गते: सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय…

Read More

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

स्पर्श खबर जितपुर बारा असार १३ गते: माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् । कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने…

Read More