चुनावका पक्षमा खुले शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने बताए ।

‘७ दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ, यस संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौं, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ,’ बैठकमा उनले भने ।

राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उनको भनाइ थियो । निर्वाचनको वातावरण बनाउन गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू सरकारको नियन्त्रणमा आउनुपर्ने बताए ।

‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी’ बनाउन आगामी मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने भन्दै उनले नियमित महाधिवेशनबाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उनको भनाइ थियो ।

२८ असोजबाट जारी बैठक बिहीबार भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो ।

कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका ’boutमा बैठकलाई जानकारी गराएका छन् भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्ताव पेस गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेकाले शुक्रबार (आज) पनि बैठक जारी रहने बताए । बिहीबारको बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आफ्ना धारणा राखेका छन् ।सभार राजधानी दैनिक ।