नेपाली कांग्रेसको तराई मधेश समन्वय विभाग सदस्यमा जितपुरका कृष्णब्रत सिंह मनोनीत
मनोज जितपुर १२ माघ १५
नेपाली कांग्रेस पार्टीको तराई मधेश समन्वय विभाग सदस्यमा बाराका कृष्णव्रत सिह सहित १० जनालाई मनाेनित गरिएको छ। सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०७० संशोधनसहितको धारा २५ न बमोजिम सोमबार विभागको प्रमुख किरण यादवको नेतृत्वमा १० जनालाई सदस्यमा मनोनित गर्नुभएको हो। मनोनित गरिएका सदस्यहरूमा बाराका सिंहसहित रौतडका राज कृपाल यादव सप्तरीका प्रमोदकुमार झा सिराका अरुणकुमार सिंह सर्लाहीका उमेश चौधरी कपिलवस्तुका सहारा यादव नवलपुरका मनलाल कलवार सुनसरीका श्यामदेव महत्व काठमाडौं दिलमाया अधिकारी र कञ्चनपुरका लालबाबु राउत राय रहेका छन्। पार्टीका मुख्य सचिव कृष्ण भरत पौडेलका अनुसार तराई मधेश समन्वय विभागले तराई मधेसका जिल्ला पार्टी नेता तथा कार्यकर्ताबीच समन्वय गरी संगठन शुद्धिकरणमा सक्रिय भूमिका खेल्ने बताएको छ।