मनाेज शाह जितपुर बारा फाल्गुन २१ गते:
पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक
माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क, जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको छ ।
फागुन २४ गते बिहान आदर्श कोतवाल गाउँपालिकामा तोकिएको स्थानमा जभेटघाट तथा माओवादी जागरण सभाको आयोजना हुनेछ । यस क्रममा शहीद परिवारहरूसँग भेटघाटको कार्यक्रम पनि रहेको छ। त्यसपछि बिहान ७ देखि ८ बजेसम्म सोमबार सिम्रौनगढको पुरातात्त्विक स्थल तथा तरकारी बजार अवलोकन गरिने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रको बारा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ(अनिल) ले जानकारी दिए ।फागुन २५ गते बिहान ९ बजे पुनः आदर्श कोतवाल गाउँपालिकामा जभेटघाट तथा माओवादी जागरण सभा आयोजना गरिनेछ, जसमा शहीद परिवारहरूसँग विशेष भेटघाटको कार्यक्रम समेत रहेको उनले बताए ।
त्यस्तै, बिहान १२ बजे इनर्वा चौक बरीयापुरमा माओवादी जागरण सभा गरिनेछ। दिउँसो २ बजे कलैया चोकमा जनसभा आयोजना गरिनेछ भने दिउँसो ३ः३० बजे प्रसौनी चटिया बाबाको (फिल्ड (पोलिटिकल कलेज) मा बृहत् जनसभा गरिने नेकपा माओवादी केन्द्रको बारा जिल्ला कमिटीले जनाएको छ ।पार्टीको भावी रणनीति, जनसमुदायका सरोकार तथा आगामी चुनावको तयारीबारे यो अभियान महत्वपुर्ण हुने बिश्वास लिएको छ ।