मनाेज शाह जितपुर बारा जेठ १५ गते:
नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको सचिवमा बाराका मोबिन आलम निर्वाचित हुनुभएको छ। दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पोखरामा भएको निर्वाचनमा अध्यक्षको उम्मेदवार क्षितिज डुबेको समूहमा चुनाव लड्नुभएका आलम लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो। सचिव मधेसी पदमा आलमले ७४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार चितरन्जन यादवले ४८० मत प्राप्त गर्नुभयो। आलम २६३ मतको मतान्तरले निर्वाचित हुनुभएको हो। आलम युवा संघमा दोस्रोपटक केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको हो। यसअघि नेपालगञ्जमा सम्पन्न नौ राष्ट्रिय महाधिवेशनले वर्तमान अध्यक्ष दुवैको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्दा आलम सचिव चयन हुनुभएको थियोे । नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य समेत रहनुभएका इन्जिनियर आलम युवाबीच लोकप्रिय हुनुहुन्छ। उहाँ पूर्व संसद नेजमा खातुन र नेकपा एमालेका स्वर्गीय नेता महोद आलमका छोरा हुन्। यसैगरी केन्द्रीय सदस्यमा बाराका तीनजना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा परनिपुरका रामजी यादवराम जितपुर सिम्राकी लक्ष्मी आचार्य र निजर्की दिपा शाह रहेका छन्। यादव मतदान प्रक्रियाबाट निर्वाचित हुनुभएको हो भने अन्य दुईजना निर्भर भएका थिए। यादवले कतर मत प्राप्त गर्दा निजका विजय तिमिल्सिनाले ३० मत पाउनुभएको थियो। यादव नेकपा एमाले प्रणालीपुर गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने आचार्य एमाले बारा जिल्ला कमिटीकी उपसचिव हुनुहुन्छ।


