नेपाली कांग्रेसको अभियान अन्तर्गत बारा क्षेत्रमा ४ को क्षेत्रीय बैठक सम्पन्न
मनुषा जितपुर बारा माघ १२ गते।
नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय विस्तारित बैठक सम्पन्न भएको छ। बाराको पर्सौनी गाउँपालिका वडा नं २ स्थित बजारमा बारा क्षेत्र नम्बर ४ को कार्य समितिको आयोजनामा शनिबार सो बैठक सम्पन्न भएको हो। क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि पूर्व उपसभापति तथा उपप्रधानमन्त्री केन्द्रीय सदस्य विभिन्न । सो बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ पुरानो सदस्यता वितरण गर्ने वडा कमिटीलाई पूर्णता दिने र विभिन्न वडामा कार्यक्रम गर्ने भारतीय संस्था र बुथ कमिटी वडा कमिटी गठन गर्ने क्षेत्रीय कार्यालय व्यवस्थापन गर्ने २०८४ को चुनावमा उम्मेदवारहरूको नाम एकल सिफारिस गरी पठाउने नै भएको छ। उक्त बैठकमा पाँचवटा महत्त्वपूर्ण निर्णय भएको हो। उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टीका पूर्व केन्द्रीय सदस्य वीरजलाल यादव मधेस प्रदेशका सह महामन्त्री जयनारायण यादव बाराका उपसभापति मनोज भट्ट अमिलाल पाल राजकिशोर शाह दिपेन्द्र पटेल लगायत उपस्थित रहेका थिए। सो कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ ख क्षेत्रीय सभापति लोकेश सिंहको रहेको थियो।