आज प्रतिनिधि सभाको बैठक बस्ने

सेयर गर्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्ने

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची पनि छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ । पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य रहनु भएको थियो ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने जनाइएको छ ।