चितवन, असार १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केरा र माछा आयातमा रोक लगाउनु साथ मागेका छन् ।
हिजो भरतपुर विमानस्थलमा भएको भेटघाटमा रविले आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्न केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताउँदै अध्यक्ष ओलीको साथ खोजेका हुन् ।
‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भने । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’