बारामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग राख्दै शैक्षिक हड़तालको लागि तयारी गर्ने

रन्जित चाैधरी, बारा, असार १५ गते :

रन्जित चाैधरी, बारा, असार १५ गते :

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा आम जनता पार्टी सम्बद्ध बारा जिल्ला पदाअधिकारीहरुको संलग्नतामा आज विशेष बैठक बसेको छ । उक्त बैठकले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नरहेको र यसले गर्दा विद्यार्थीको भविष्य तथा समग्र शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव परेको निष्कर्ष निकाल्दै सोको समाधानका लागि ठोस कदम चाल्नुपर्ने निर्णय गरेको छ ।

सम्बन्धित निकाय र सरोकारवाला पक्षले यसतर्फ बेवास्ता गरेकोले आम जनता पार्टीले सकारात्मक परिवर्तनका लागि सशक्त कदम उठाउने निर्णय गरेको छ । बारामा अवस्थित सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम हुनुपर्ने लगायतका शैक्षिक सुधारका लागि आ.ज.पा. बाराले बारा जिल्ला लक्षित गरेर आम शैक्षिक हड़तालको तयारी गर्ने निर्णय गरेको छ । बाराको भलुहीमा बसेको आम जनता पार्टीको विशेष बैठक आ.ज.पा.का बारा अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा बसेको थियो । केन्द्रिय उपाध्यक्ष अशोक लामा, प्रमुख अतिथि प्रदेश अध्यक्ष उमेश कुशवाहाको बिशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले संगठन विस्तारलाई समेत तीव्रता दिने निर्णय गरेको छ ।