मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिने

oplus_0

मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिने
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कार्तिक २२ गते शनिबार बस्ने मधेस प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री सोनरले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयमा बुधबार पत्र पठाएपछि प्रदेश सभा सचिवले मधेस प्रदेशले कार्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ। मुख्यमन्त्री सोनारको तर्फबाट प्रतिनिधित्व गर्दै लोसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता जैनुल राइनको नेतृत्वमा गएको नेताहरूको एउटा टोलीले मुख्यमन्त्रीको विश्वासको मतका लागि आज प्रदेश सभा सचिवालयमा पत्र बुझाएको थियो ।