संसदीय समितिको बैठक बस्दै

स्पर्श खबर जितपुर बारा असार २४ गते:

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा आ.व. २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुने जनाइएको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्‍िट्रय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।