मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मधेश प्रदेश सरकार असफलताको बाटोमा : उमेश कुश्वाहा

मनोज  शाह, जीतपुर बारा,चैत १ गते

आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष उमेश कुश्वाहासंग स्पर्श खबरले गरेको विशेष कुराकानीमा मधेश प्रदेश सरकार असफलताको बाटोतर्फ लम्किरहेको बताउनु भयो ।

आ.ज.पा. मधेश प्रदेशका अध्यक्ष एवम् चर्चित युवा नेता उमेश कुश्वाहाका अनुसार मधेश प्रदेशमा विकास योजना अन्तर्गतका भौतिक पूर्वाधार विकास , शिक्षा, स्वास्थ जस्ता विकासका योजनामा व्यापक भ्रष्टाचार भइरहेको समाचार हरेक दिन सामाजिक संजालमा छाइरहेको छ । उमेश कुश्वाहाले स्पर्श खबरसँगको कुराकानीका क्रममा आम जनसमुदायले मधेश प्रदेश सरकार चरम् भ्रष्टाचारमा डुबेको गुनासो गरिरहेका जनाए ।

समग्र मधेश प्रदेशको उत्थानका लागि मधेश प्रदेश सरकारले गरिरहेको भ्रष्टाचारको विरुद्धमा आम जनसमुदायले आन्दोलनको बाटो पहिल्याउनुपर्ने एकमात्रै विकल्प बाँकी रहेको कुश्वाहाले बताउनुभयो ।

मधेस सरकारले किसानलाई पेन्सन , मल, बीउ तथा सिंचाइ पूर्ण रुपमा नि:शुल्क गर्ने योजना संचालनमा ल्याउन सकिरहेको छैन यसले गर्दा आम किसानहरुमा सरकारप्रतिको असन्तुष्टि बढिरहेको छ भन्ने कुरा उमेश कुश्वाहाले स्पर्श खबरलाई बताउनु भयो ।