स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते:
खोलाको टेन्डर रोकिनुमा मेयरकै हात वडाध्यक्ष चयन गुरुङको ठोस आरोप
बारा । बाराको एक खोलाको टेन्डर प्रक्रियामा देखिएको ढिलासुस्ती र राजनीतिक चलखेलको विषयमा वडाध्यक्ष चयन गुरुङले ठोस आरोप लगाएका छन्।
गुरुङका अनुसार गत वर्ष पनि मेयरकै कारण खोलाको टेन्डर नलाग्दा करिब १० करोड रुपैयाँ घाटा लागेको थियो। यस्तै स्थिति यस वर्ष पनि दोहोरिन सक्ने चिन्ता उनले व्यक्त गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत लेख्दै भनेका छन् — “खोलाको टेन्डर किन लागिरहेको छैन ? मेयरकै कारण गतवर्ष जस्तै यो वर्ष पनि राजनीतिक चलखेल भइरहेको छ। रातिराति खोलाबाट उत्खनन भइरहेको छ, तर कसैले रोक्नेवाला छैन।
वडाध्यक्ष गुरुङले जनताको सम्पत्तिमाथि ‘निमो नचुरी जस्तो व्यवहार’ नगरिन आग्रह गर्दै भनेका छन्, “राजुचाहिँ लिने, खोलाबाट तस्करी गर्नेहरूलाई कराई नगर्ने — यस्तो अन्याय अब सह्य छैन। हिम्मत छ भने प्रमाणसहित आउनुपर्छ, नत्र खोलाको टेन्डर तत्काल लाग्नुपर्छ।”
उक्त विषयमा मेयर पक्षले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।


