राजनीतिक नेतृत्वले धोका दिएको जनताले महसुस गरेका छन्ः रवि लामिछाने

सेयर गर्नुहोस्

काठमाडौँ, असोज ३-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् ।

बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका र उनीहरुले समृद्धिको ढोका खोजिरहेको बताएका छन् ।

उनले भनेका छन् स् ‘आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् ।’ उनले संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको दाबी समेत गरेका छन् । यद्यपि संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनले बताएका छन् ।