बारामा एमाले पार्टीलाइ ठुलो झटका ,संघीयता माथि आचआयो भने ठूलो आन्दोलन हुने अध्यक्ष : यादव ,

बारामा एमाले पार्टीलाइ ठुलो झटका, संघीयता माथि आचआयो भने ठूलो आन्दोलन हुने अध्यक्ष : यादव ,

सिकिन्द्र साह सिम्रनगढ बारा कार्तिक ११ गते :

पचराैत नगरपालिकाका नेकपा (एमाले) नगर ईन्चार्ज तथा जिल्ला सदस्य सुरेश यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

पचरौता नगरपालिका का पूर्व नगर प्रमुख तथा जसपा बारा जिल्ला अध्यक्ष रमेशकुमार यादवले आयोजना गरेको कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले फुलमाला र खादा ओढाएर यादवलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सुरेश यादवले भने, “पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह नाताबादमा फसेका छन्। चुनावी समयमा जनतासँग गरेका वाचा पूरा नगरेकाले मैले एमाले परित्याग गरी जसपा रोजेको हुँ।”

त्यस अवसरमा जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र एमालेले बहुदलीय प्रणालीलाई कमजोर बनाएको आरोप लगाए। उनले भने, “पछिल्ला ३५ वर्षदेखि कांग्रेस र एमालेले देशलाई कब्जा गरेर कृषि क्षेत्रमा सुधार गर्नुको साटो जनतालाई गरिबीमा धकेलेका छन्। देशका उद्योग र कलकारखाना बन्द गरेर युवालाई विदेश पलायन हुन बाध्य पारेका छन्।”

उनले संघीयता कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउँदै चेतावनी दिए, “संघीयता माथि आच आयो भने ठूलो आन्दोलन हुनेछ।”

कार्यक्रममा नेपाली कांग्रेस, एमाले, जनमत पार्टी, लोसपा लगायत विभिन्न पार्टीबाट करिब ३०० जनाले जसपामा प्रवेश गरेका थिए। कार्यक्रममा जसपा नेता अकलेस यादव, नगर अध्यक्ष कुसेश्वर साहलगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।