मनोज शाह जितपुर बारा माघ २३ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ति टोलबाट ३ वर्षीय बालक ७ दिनदेखि बेपत्ता छन्। दुर्गा भागवती गाउँपालिका वडा नं १ भागाहा पिप्रा निवासी रितेश चौधरीको छोरा अंश चौधरी यही माघ १७ गते बिहीबार बिहान ९:३० बजेदेखि बेपत्ता भएका हुन् ।
विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको र जितपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजबाट देखिएको छ। बिहान ९:५६ सम्म उनी सिसिटिभी फुटेजमा देखिए पनि त्यसपछि उनको अवस्था अज्ञात छ। रौतहटबाट उनी जितपुर मामाघर आएका थिए। उनकी आमा अन्जली जयश्वाले बहिनीलाई जन्म दिएपछि अंश मामाघर आएका थिए। अंशका हजुरबुवा सतिश जयस्वालले जितपुर प्रहरीलाई अन सम्पर्कविहीन भएको एक घण्टापछि सूचित गराएका थिए।
प्रहरीले हराएको छ घण्टासम्म बाटो हेर्ने र त्यसपछि अनुसन्धानमा लाग्ने बताएको थियो। तर अहिले सात दिन बितिसक्दा पनि प्रहरीले अंशको पत्ता लगाउन सकेको छैन। बारा प्रहरी प्रमुख सन्तोष तमाङ र यी प्रकाश सिम्राकी प्रहरी उपरीक्षक सुभद्रा वाइबालाई लिएर आज संसद किसान श्रेष्ठ, जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता बालक अंशको मामाघरमा पुगेर अंशलाई प्रहरीले खोजतलास गरी ल्याउने आश्वासन दिएका थिए।
प्रहरी प्रमुख तमाङ र प्रनाउ वाइवाले पनि अंशको खोजी कार्य व्यापक भइरहेको र चाँडो पत्ता लगाउने बताए