स्पर्श खबर जितपुर बारा माघ १४ गते:
महिलाहरुको लागी एचपिभि खोप अभियान माघ २३ गते देखि सञ्चालन हुने भएको छ ।बारा जिल्ला स्तरिय खोप समन्वय समिति तथा सन्चारकर्मीहरुको अभिमुखिकरण बैठकमा जानकारी गराईएको छ ।
खोप निशुल्क पाईन्छ,खोप सुरक्षित हुन्छ,खोपले जीवन रछा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन भैरहेको विश्व स्वास्थ्य संगठनका सुदिश अधिकारीले जनाए ।
कक्षा ६ देखि १० सम्मका किशोरीहरु र बिधालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष उमेर समुहका किशोरीहरुलाई खोप दिइने जनाईएको छ । पहिलो दिन बिधालयहरुमा र अन्तिम दिन स्वास्थ्य चौकिहरुमा खोप लगाईने भएको छ ।
अधिकारीले २०८१ माघ २२ देखि फाल्गुण ०६ गतेसम्म देशभरी एकै पटक अभियान सञ्चालन भैरहेको जनाए । माघ २२ गते (४ फेब्रुअरी २०२५) विश्व “क्यान्सर दिवस” का दिन सो अभियान सुरूवात हुन गैरहेको छ ।
बारामा प्रथम चरण अन्तरगत २०८१ माघ २३ गते देखी २५ गते सम्म जितपुर सिमरा उपमहानगरपालिका,कलैया उपमहानगर,परवानिपुर गा.पा.,विश्रामपुर गा.पा.फेटा गा.पा.,प्रसौनी गा.पा.,निजगढ न.पा.,कोल्हवी न.पा.मा खोप लगाईने अधिकारीले जनाए । त्यस्तै दोस्रो चरणमा २०८१ फाल्गुन ४ गते देखी ६ गते सम्म सिम्रौनगढ न.पा.,पचरौता न.पा.,सुवर्ण गा.पा.,देवताल गा.पा.,आदर्शकोतवाल गा.पा.,बारागडी गा.पा.,महागढीमाई न.पा. र करैयामाई गा.पा.मा खोप दिईने बताए ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा,प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी,स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटा,प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ता,शिक्षा बिकास समन्वय ईकाई बाराका प्रमुख हेमराज खतिवडा,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी,उधोग बाणिज्य संघका महा सचिव रामाशिश साह,एन प्याबशन बाराका उपाध्यक्ष सुमोध कुमार सरार्फ,जिसस अधिकारी अमोद चौधरी सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।