नियुक्तिका लागि मन्त्रिपरिषद बैठक

स्पर्श खबर जितपुर बारा असार १० गते:

मन्त्रिपरिषदको बैठक जारी छ। ​

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित भएकाले नयाँ मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने छ।

यस्तै आजै एआईजीमा सिफारिस भएका नेपाल प्रहरीका डीआइजी पोषराज पोखरेलको पनि बढुवा हुने जनाइएको छ। यस्तै केही राजदूतको नियुक्ति सिफारिस गरिने जनाइएको छ।

११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी छ। एक जनाले सिफारिस फिर्ता लिने घोषणा गरेकोले

Leave a Reply

Your email address will not be published. Required fields are marked *