राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो  झडपमा परी घाइते

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा परी घाइते भएका छन् । उनको उपचार अहिले ट्रमा सेन्टरमा भइरहेको छ । नेता महतो जुलुस लिएर माइतीघर जाने क्रममा प्रहरीले घेरा हालेको थियो । त्यहाँ प्रहरी र प्रदर्शनीकारीबिच भएको झडपमा महतोको खुट्टा र हातमा चोट लागेको र त्यसको उपचार भइरहेको उनका सहयोगी किशोर गुरुङले बताए ।