जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:

जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो

जनता समाजवादी पार्टी नेपाल, आदर्शकोतवाल गाउँपालिकाको गाउँकार्य समितिले दीपावली र छठ पर्वका अवसरमा गाउँपालिकाभरि बिजुलीका पोलमा LED बत्तीहरू जडान गर्ने क्रममा स्थानीय कार्यकर्ताहरूलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका अनुसार गाउँकार्य समितिका सदस्यहरूले बत्ती जडान गर्ने क्रममा Video Recording गर्दै तालाबन्दी गरिएको थियो। उक्त घटनाको समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि पुगेका समाजिक अभियन्ता प्रतिप कुशवाहालाई प्रशासनले बिना आधार नियन्त्रणमा लिएको जनाइएको छ।

पत्रमा भनिएको छ — “विना कुनै आधार थुनामा राखिएको विरोध गर्दै त्यसै दिन उनलाई रिहा गरिएको भए पनि, जिल्ला प्रशासनले जनता समाजवादी पार्टीको कार्यालय खोल्न लेखाशाखामा आगलागी भएको भन्दै रोक लगाएको छ। यो आगलागी वास्तवमै भएको हो वा त्यो आरोप मात्रै हो भन्ने सत्यतथ्य पत्ता लगाउन आवश्यक छ।”

त्यस्तै, पार्टीले आदर्शकोतवाल–०१ का प्रतिप कुशवाहा र आदर्शकोतवाल–०४ का डि.के. सिंहलाई प्रहरीद्वारा पुनः बोलाई धम्कीपूर्ण व्यवहार गरिएको भन्दै विरोध जनाएको छ। पार्टीका अध्यक्ष शंकर प्रसाद साहले विज्ञप्तिमार्फत भनेका छन्, “निर्दोष समाजसेवीहरूलाई झूटो मुद्दा लगाएर फसाउने कार्य अस्वीकार्य छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछौँ।”

जनता समाजवादी पार्टी नेपाल, आदर्शकोतवाल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै प्रशासनको मनोमानी र समाजिक अभियन्ताहरूमाथि भएको अनुचित व्यवहारको निन्दा गरेको छ।