मनाेज शाह जितपुर बारा असार २८ गते:
संविधानविदहरुसँग परामर्शपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् ।
संसदका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । योसँगै दुइतिहाइ सांसदको समर्थनसहित राष्ट्रपतिकोमा दाबी पेश गर्ने तयारी छ । आइतबार साँझ ओलीको प्रधानमन्त्रीको नियुक्ति लिने र सोही दिन सपथ लिने तयारी दलहरूले गरेका छन ।