काठमाडौं : नेकपा माओवादी केन्द्रले तीन जनालाई पदमुक्त गरेको छ। माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा गण्डकी प्रदेशका गुप्त हमाल, दलमायाँ रोका र केशव कुँवरलाई पदमुक्त गरेको जानकारी दिइएको छ।
उनीहरु पार्टीको काममा निस्क्रिय रहेको र वैदेशिक रोजगारीमा गएकाले पदमुक्त गरिएको सर्कुलरमा उल्लेख छ।
माओवादीले गण्डकी प्रदेशका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बाग्लुङ) र मदन आले (तनहुँ)लाई वैकल्पिक केन्द्रीय सदस्यको रूपमा मनोनयन गरिएको जनाएको छ।सभार अन्पुर्ण पाेष्ट।