शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको शिलान्यास
मनोज शाह जितपुर बारा पौष ४ गते।
जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १६ टाँगा बस्ती स्थित शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको सिलान्यास गरिएको छ। साथी नेपाल संस्थाको आर्थिक र जितपुरसिमरा उपमहानगरपालिकाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वय निर्माण हुने सो भवनको बारा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले बिधबार एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको हाे । स्थानीय अभियोगहरूको अनुरोधमा साथी नेपाल नामको गैर सहकारी संस्थाले ट्रस्ट भवनको निर्माणमा सहयोग गरेको स्थानीय समाजसेवी रमेश सापकोटाले जानकारी दिनुभयो उहाँले छ कोठे ट्रस्ट निर्माण भएपछि विद्यालयको पठनपाठनमा थप सुधार आउने बताउनुभयो। शिलान्यास कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भाेला प्रसाद अधिकारी वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल नेकपा एमालेका मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल। जितपुरसिमरा उपमहानगरपालिका नगरपालिकाका सदस्य पवित्र माया कार्की संस्थाकी अध्यक्ष सरिता सापकोटा लगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरुकाे उपस्थित रहेको थियोे