बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

बिरगजमा आजपाद्वारा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

मनाेज शाह जितपुर बारा फागुन १ गते

पर्सा जिल्लाको बिरगंजमा जनयुद्ध दिवसको विशेष अवसरमा आम जनता पार्टीद्वारा आयोजित “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रम आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साह ज्युको प्रमुख आतिथ्यमा भव्यताका साथ सु-सम्पन्न भएको छ । एकातिर देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेका छन् भने अर्कोतिर नेपालको अधिकांश उद्योगहरु विदेशी कामदारले भरिएको दुःखद स्थितिलाई आजको अन्तरक्रिया मार्फत् उजागर गरी देशको यी र यस्ता विविध वर्तमान संकटहरुको समाधान एवम् निराकरणको आधार तय हुने कार्यक्रमका सहभागीहरुले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा खबरदारी गर्दै मन्त्री साहले आम श्रमजीवी जनतालाई यस्तो पीडादायक अवस्थामा पुर्याउने दलतन्त्रको विकल्प खोज्ने बेला आएको कुरा बताउनुभयो । किसान , मजदुरको रगत – पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारमा यस्तो कहालीलाग्दो अवस्था निर्माण हुनु दु:खद एवं दुर्भाग्यपूर्ण विषय हो । यसर्थ “पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरौं ! महान जनयुद्ध दिवसको सम्मान गरौँ !!” भन्ने मूल निष्कर्षलाई आत्मसात् गरेर अगाडि बढ्न आजपाको राष्ट्रिय अध्यक्ष तथा पुर्व मन्त्री माननीय प्रभु साहले सम्पूर्ण देशभक्त जनतामा हार्दिक अपील सहित जनयुद्ध दिवसको शुभकामना व्यक्त गरेका छन् ।

आजपाको केन्द्रिय सचिव तथा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आजपाको केन्द्रीय उपाध्यक्ष समिना हुसेन ,केन्द्रीय महासचिव अशोक लामा, केन्द्रीय उपमहासचिव त्रिभुवन साह, मधेश प्रदेश इन्चार्ज सुधीर यादव, केन्द्रीय सचिव बाबु राम कौशीक, इस्लाम हवारी लगायतको उपस्थिति रहेको थियोे ।

जनयुद्ध दिवसकै अवसर पारेर बिभिन्न पार्टी परित्याग गरी बारा जिल्ला बारा गढीको नेता सुरेशप्रसाद साह, लक्ष्मी साह दुलार पसवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया बिन, रामवा यादव, राजिन्द्र साह, बिरेन्द्र मुखिया, सुबोध साह लगायतकाले आजपा पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा बिदेशबाट कार्य गरी फर्केका छोटेलाल कुशवाहा, दिनेश प्रसाद कुशवाहा, संजय प्रसाद कुशवाहा, नबिन प्रसाद कुशवाहा, राजकुमार कुशवाहा लगायत १०० भन्दा बढी युवाहरुलाई फूलको माला लगाएर सम्मान गरिएको थियो ।