मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि पहल सुरु भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि दलहरुले दावी पेश गरेका हुन । नेकपा (एमाले),नेपाली काँग्रेस र जनमत पार्टीले संयुक्त रूपमा दाबी पेश गरेका हुन् ।
नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ प्रदेश सरकार गठनका लागि बुधबार दलहरुले दावी पेश गरेका छन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।
एक सय ७ जना सदस्यीय मधेस प्रदेशसभामा हाल दुई सांसद निलम्बित छन् । नयाँ सरकारका लागि नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२ र जनमत पार्टीका १३ जना गरी ५८ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखको कार्यालयमा दलहरुले दाबी पत्र बुझाइएका हुन ।
यसअघि मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने बताए पनि उनले हालसम्म राजीनामा नदिएपछि मुख्यमन्त्री अवस्थामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
दलहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई दाबी पत्र बुझाइएको हुन ।


