पर्सामा ६ महिलासहित ३० जनाद्वारा रक्तदान

रन्जित चौधरी, बारा, असार १५ गते :

पर्साको वीरगन्ज महानगरपालिकामा रहेको बृहस्पति फाउंडेशन नेपालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान हो भन्ने नाराको साथ पर्साको वीरगन्जस्थित गहवामाई अतिथि सदनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

बृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला तथा २४ जना पुरुषसहित जम्मा ३० जनाले रक्तदान गरेका थिए । बृहस्पति फाउंडेशन नेपालका अध्यक्ष ज्योतिष सम्राट डा.पुरुषोत्तम दुबेको अध्यक्षता तथा मधेस प्रदेश सरकारका पुर्ब मन्त्री ओम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काँग्रेस भातृ संगठनका नेपाल महिला संघका केन्द्रीय सदस्य डा.सुश्मा द्विवेदी, नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, वीरगन्ज महानगरपालिकाको पुर्ब उपप्रमुख शान्ति कार्की, डा.निरज सिंह , ने.बि.संघ पर्साका सभापति रमेश यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।