घर फर्कौं, अझ बलियो एमाले बनाऔं”

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते:


“घर फर्कौं, अझ बलियो एमाले बनाऔं”


माओवादी केन्द्रसँग एकता गर्ने तयारीबारे एमालेभित्रै विभिन्न धारणा र असन्तुष्टि देखिन थालेका छन्। पार्टीका केही नेताहरूले माओवादीसँगको सम्भावित एकता प्रक्रियामाथि प्रश्न उठाउँदै विगतका घटनाहरू स्मरण गराएका छन्।

उनका अनुसार, माओवादीसँग एकता गर्दै गर्दा अघिल्ला दिनमा “छानीछानी एमालेका नेता–कार्यकर्तालाई गोली ठोकेको, जमीनमा गाडेर मारेको इतिहास बिर्सनु नहुने” बताउँदै उनीहरूले एकताको नाममा पुनः त्यही गल्ती नदोहो¥याउन सुझाव दिएका छन्।

एमालेभित्रका असन्तुष्ट पक्षले जनाएका छन्, “केपी शर्मा ओलीको व्यक्तिगत रिस र राजनीतिक रणनीतिका कारण माओवादीसँग फेरि एकता गर्ने तयारी भएको देखिन्छ, तर यसले एमालेका कार्यकर्ताको मनोबलमा नकारात्मक असर पार्न सक्छ।”

यद्यपि, उनीहरूले हजार कमजोरीबीच पनि केपी ओलीले पार्टीलाई संकटको समयमा जोगाएको स्वीकार गर्दै अन्ततः सबै कार्यकर्तालाई एक ठाउँमा फर्केर एमालेलाई अझ सशक्त बनाउन आह्वान गरेका छन्।

अन्तिम सन्देशका रूपमा उनीहरूले भनेका छन्:
“अब घर फर्कौं, अझ बलियो एमाले बनाऔं।मनिष प्याकुरेलकाे फेसबुकबाट ।