कोसी सरकारबाट बाहिरियो माओवादी, समर्थन कायमै
माओवादी केन्द्र एमाले गठबन्धनको कोसी प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीका चार मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी एमालेसँगको गठबन्धन सरकारबाट बाहिरिएको हो।
शुक्रबार अपरान्ह्र माओबादी केन्द्रका मन्त्रीहरु गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका छन्। माओबादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २७ बैशाख २०८१ म कोसी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
१७ असारमा केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेपनि मुख्यमन्त्री कार्कीको आग्रहका कारण माओबादी केन्द्रले कोसीमा सरकार छाडेको थिएन। मुख्यमन्त्री कार्की बामपन्थी गठबन्धनलाई नै कायम राखेर सर्वदलीय सरकार बनाउने पक्षमा थिए। तर केन्द्रको अस्वीकारपछि मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन नसक्ने बताएपछि सरकारबाट बाहिरिएको माओबादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले बताए।
सरकारबाट बाहिरिए पनि कानुनी कारण देखाउँदै माओवादीले सरकारलाईइ दिएको समर्थन भने फिर्ता लिएको छैन। विज्ञहरुसँग सल्लाह गरेर छिट्टै समर्थन पनि फिर्ता लिने आङ्बोले बताए।
माओबादीका मन्त्रीहरुले राजीनामा दिएसँगै कोसीमा अब मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा नयाँ गठबन्धनमा रहेको कांग्रेस सरकारमा सहभागी हुनेछ। सभार नयाँ पत्रिका । तर मन्त्रालय र आन्तरिक भागबण्डा नमिल्दा कांग्रेस सरकारमा सहभागी भइसकेको छैन।