कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोइराला

स्पर्श खबर जितपुर बारा असार ६ गते:

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे । 

उनले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए । सभार राताेपाटी ।उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । कोइरालाले अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरु माहिलालाई दिन जरुरी रहेको बताए ।