नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

नेपाली कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्साको पार्टी कार्यालयमा आयोजना हुदै

स्पर्श खबर जितपुर बारा  १ गते:

नेपाली कांग्रेस पर्साले प्रशिक्षक शाखा द्वारा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आज आयोजना गरेको छ। नेपाली कांग्रेस पर्साको पार्टी कार्यलयमा आयोजना भएको कार्यक्रममा स्वर्गीय वि.पि कोइलाराको फोटोमा फुलमाला तथा अबिर चढाइ औपचारिक रुपमा कार्यक्रमको उद्वाघाटन गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख अतिथी रहेका संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्टाले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहिनता न्यूनिकरण गर्ने प्रशिक्षण कार्यक्रमको आवस्यकता रहेको उनले बताए।

त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ती यस्ताे प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए ।पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने जरुरी रहेको बताए ।

विशिस्ट अतिथि रहेका नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन क्षेत्रीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए।नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए।

आज भएको प्रशिक्षण कार्यक्रमको उद्वघाटनमा विशिष्ट अतिथि चन्देश्वर यादव,रामेश्वर ढकाल,उप-सभापति अशोक गुप्ता,पुर्ब उप-सभापति राजु गुप्ता,वीरगन्ज महानगपालिकाका उपमेयर इतियाज आलम,प्रेमबहादुर थापा,मदन यादव,रमेश पाण्डे,नगर सचिव श्याम पटेल,हरिन्द्र यादव,नागेश्वर प्रसाद,शिवचन्द्र कुइरी,फरेन्द्र यादव,कन्हैया ठाकुर,बाबुनन्द पटेल,जे.पि.ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि,नेपाली काँग्रेका पदाधिकारी,ने.बि.संघ,नेपाल तरुल दल,नेपाल किसान संघ,नेपाल मुस्लिम संघ,पालिका,नगरपालिका,प्रदेश स्तरीय,वडा स्तरीय नेताहरुको उपस्थिति रहेको थियो।

आज भएको प्रशिक्षण कार्यक्रमका प्रतिनिधिहरु रामेश्वर ढकाल,जितेन्द्र पुरुष ढकाल,अमृत लाल जोशी,सरोज चौरसिया,सरिता चौधरी लगायतले नेपाली कांग्रेसको बारे तालिम दिएका थिए।

कार्यक्रम संचालन सरिता चौधरी,जितेन्द्र पुरुष ढकालले गरेका थिए भने स्वागत मन्तव्य निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंहले गरेका थिए।

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार सचार विभागका सदस्य राहुल गुप्ताले जानकारी गराएका थिए।