Fashion
जितपुरसिमरा–१६ मा जेन्जी युवासँग वडाध्यक्ष खरेलको भेटघाट तथा छलफल
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेलले वडाभित्रका केही जेन्जी (Gen Z) पुस्ताका भाइबहिनीहरूसँग भेटघाट गर्दै खेलकुद तथा राजनीतिक विषयमा अन्तरक्रिया गर्नुभएको छ। वडाध्यक्ष खरेलका अनुसार सो भेटघाटको उद्देश्य नयाँ पुस्ताको सोच, ऊर्जा र दृष्टिकोणलाई स्थानीय नेतृत्वमा समावेश गर्दै खेलकुद र सामाजिक गतिविधिलाई सशक्त बनाउन रहेको…
नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते: नेकपा एमाले जितपुरसिमराले वडास्तरिय जनभेला गर्ने निर्णय ।नेकपा एमाले जितपुरसिम्रा उपमहानगर समितिले वडास्तरिय जनभेला, पालिका र जिल्ला स्तरका कार्यक्रमको तयारी सुरु गरेको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार देशभरका सबै वडामा जनभेला, पालिका जनप्रदर्शन तथा जिल्ला जनसभा गर्ने निर्णय भएपछि जितपुरसिमरा उपमहानगर समितिले विस्तृत तयारी थालिएको जनाएको…
युवा संघ बाराद्वारा बालेन साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी,
नेपाल कम्युनिष्ट पार्टि एमाले निकट राष्ट्रिय युवा संघ बाराले आज जिल्ला प्रहरी कार्यालय बारामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जसमा उनीहरूलाई ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट तथा सरकारी संरचनामाथिको विध्वंसका लागि जिम्मेवार ठहर्याइएको छ। उजुरी दर्ता गर्नुअघि युवा सङ्घ बाराले नेकपा एमाले पार्टि कार्यालय…
२५ करोडसहित पक्राउ परेका लामा कारागारबाट फरार
काठमाडौँ। टोखामा २५ करोडसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा पनि कारागारबाट फरार भएका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका फुच्चे भनिने लामा जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेको खुलेको छ । सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) मा रहेका उनी २४ भदौको राति फरार भएका थिए । फरार भएको एक महिना बित्दा समेत न उनी कारागार…
रुइतद्वारा मन्त्री नबन्ने घोषणा
रुइतद्वारा मन्त्री नबन्ने घोषणा अस्पतालको काम र बिरामीको हेरचाह गर्न छाडेर मन्त्री नबन्ने सन्दुक रुइतले बताए। प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्दा रुइतले आफ्नो धारणा राखेका थिए।
बारामा आजपनि कफर्यु जारी
स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो…
पथलैयाबाट लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ
लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ स्पर्श खबर जितपुर बारा भदौ १८ गते। बारा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थित स्थानमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक राजहरण यादवको कमाण्डमा खटिएको टोलीले उक्त बरामद गरेको हो । पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर…
बाराका वडा अध्यक्ष कुशवाहा प्रहरीको फन्दामा
स्पर्श खबर जितपुर बारा भदौ २ गते: बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा आइतबार पक्राउ परेका छन्। साउन २८ गते बुधबार शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवन गरी कुटपिट गरेको घटनामा संलग्न रहेकाले कुशवाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको…
बाराकाे सिमराबाट जुवातास खेल्ने ९ जना पक्राउ
स्पर्श खबर जितपुर साउन ३ गते जुवातास खेल्ने ९ जनालाई बारा प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगपालिका वडा नं १ वस्ने अन्दाजी वर्ष ३० को सुसन खाती सुनार , अन्दाजी वर्ष ५१ को राज कुमार भट्टराई, वडा नं २ वस्ने अन्दाजी वर्ष ४० को बलराम बिश्वकर्मा, अन्दाजी वर्ष ५६ को सुमन कुमार…
पिकअप भ्यानले पछाडिबाट ट्रकलाई ठक्कर दिदा दुई जना घाइते
स्पर्श खबर जितपुर बारा असार २६ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ९ नितपुर चाैक नजिक ट्रकलाई पिक भ्यानले ठक्कर दिएको छ । रोकिराखेको ट्रकलाई पिक अप भ्यानले पछाडी ठक्कर दिदा दुई जना घाइते भएका छन्। दुई जना गम्भीर रहेका छन्। घाइते हुनेमा पिकअप चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ बस्ने ४७ वर्षीय कृष्णहरि दाहाल रहेको जिल्ला प्रहरी…


