जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

जन आन्दोलन दिवसको अवसरमा आम विद्यार्थी मोर्चाद्वारा राष्ट्रिय भेलाको आह्वान : विद्यार्थी अनुपातमा ह दरबन्दीको माग

मनोज  शाह, जीतपुर बारा, चैत्र ३ गते

आम जनता पार्टीका अध्यक्ष एवम पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा आज आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटीको विस्तारित बैठक काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ । आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहको अध्यक्षतामा बसेको उक्त बैठकले जन आन्दोलन दिवसको अवसरमा चैत्र २४ गतेका दिन काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी हुनुपर्ने माग राख्दै आम विद्यार्थी मोर्चाले चैत्र २४ गते जन आन्दोलन दिवसको मौकामा राजधानी काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको आम विद्यार्थी मोर्चाको अध्यक्ष विवेक साहले स्पर्श खबरलाई जानकारी दिनुभयो ।