आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते:

आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा

आम जनता पार्टीको बारागढी गाउँपालिकाको प्रथम गाउँ भेला आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा एवं उत्साहवर्धक जनसहभगितामा भब्यताकासाथ सम्पन्न भएको छ । अहिले दल एन्ड कम्पनीको कब्जामा रहेको लोकतन्त्रलाई मुक्त गराउन तथा नागरिक सर्वोच्चता सहितको वास्तविक लोकतन्त्र स्थापना गराउन तेश्रो जनआन्दोलनको पथमा सबैमिलेर अगाडि बढने प्रतिबद्धता सहित सम्पन्न यस ऎतिहाशिक भेलाबाट जिम्मेवारी प्राप्त गर्नुहुने सबै पदाधिकारी एवं सदस्यहरुलाई हार्दिक बधाई सहित सफ़ल कार्यकालको शुभकामना समेत व्यक्त गर्द्छु ।
कार्यक्रमको अध्यक्षता आजपाको बारा जिल्ला अध्यक्ष राजकिशोर साह प्रमुख आतिथ्य आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्यु बिशिस्ट अतिथी पार्टी केन्द्रिय बरिष्ट उपाध्यक्ष उपेन्द्र साह पार्टी केन्द्रिय उपाध्यक्ष अशोक लामा पार्टी महासचिव त्रिभुवन साह पार्टी उप- महासचिव चन्द्रभूषण साह राजन यादव पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा अतिथी पार्टी स्थाई कमिटि सद्स्य नरेश तुराह बिशवराज पटेल बिजय यादव लखिन्द्र साह पार्टी केन्द्रिय सद्स्य संदेश साह किरण यादव अरुण चौधरी दिनेश सहनी बिबेक साह संचाल बसन्त चौधरी लगाएत भब्य जनसहभागीता रहेको थियो ।