बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको माग
स्पर्श खबर जितपुर बारा ३० गते:
बारा क्षेत्र नम्बर ४ का संघीय संसद एवं पूर्वमन्त्री किसानकुमार श्रेष्ठले बारा र पर्सा क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि संसदीय विशेष समिति गठनको माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभामा बैठकको विशेष समयमा बोल्दै संसद श्रेष्ठले शुद्ध पिउने पानीको अभाव हजारौं नागरिक छटपटाइरहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको हो। उहाँले बाराको प्रहरी विश्रामपुर फेटा र पर्साको महानगरपालिका लगायत सयौं गाउँमा खानेपानीको चरम अभाव रहेको बताउनुभयो। बारामा दर्जनौं खानेपानी आयोजना वर्षौदेखि अलपत्र रहेको उल्लेख गर्दै ती योजना शीघ्र सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभयो। संसद श्रेष्ठले खानेपानीलाई सामान्य पूर्वाधार नभई जनताको स्वास्थ्य र जीवनसँग जोडिएको गम्भीर विषयको रुपमा उठाएका छन्।। खानेपानीको अधिकार जनताको आधारभूत आवश्यकता भएकोले सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभएको थियो।।
बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको माग
oplus_0


