आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने

आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने

स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते : आम जनता पार्टी (आजपा) जितपुर सिमरा उप-महानगरपालिकाको पदाधिकारी बैठकले यही कार्तिक ३० गते सिमराको ईच्छा होटलमा नगर भेला गर्ने निर्णय गरेको छ।

बैठकले उक्त भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहको प्रमुख आतिथ्य रहने जनाएको छ। भेलामा नगर क्षेत्रभित्रका सबै नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थितिका लागि बिशेष अनुरोध गरिएको छ।

आजपाका नगर पदाधिकारीहरूले यो भेला संगठन सुदृढीकरण र आगामी राजनीतिक योजना तय गर्न महत्वपूर्ण हुने आइ टि आर्मी नगर सयाेजक बिनाेद पासवानले बताए बताए।