स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते:
हराएका ३६ वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइयो
विभिन्न समयमा मिति २०८२ श्रावण १ गतेदेखि हालसम्म विभिन्न माध्यमहरूबाट हराएका ३६ वटा मोबाइल फोनहरू खोजतलास गरी फेला पारिएका छन्। फेला परेका ती मोबाइलहरू सम्बन्धित व्यक्तिहरूलाई विधिवत् रूपमा बुझाइएका छन्।
सुरक्षा निकायका अनुसार, मोबाइल हराएको उजुरी परेपछि सूचनाको प्रविधि प्रयोग गरी विभिन्न स्थानबाट मोबाइलहरू ट्र्याक गरिएका थिए। खोजतलासका क्रममा प्रहरीको साइबर सेल र सम्बन्धित इलाका प्रहरी कार्यालयहरूको समन्वयमा उल्लेखनीय सफलता हासिल गरिएको हो।
मोबाइल हराउँदा तुरुन्तै प्रहरीमा जानकारी दिनु र आवश्यक विवरण प्रदान गर्नु महत्त्वपूर्ण हुने बताउँदै प्रहरीले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
यस कार्यले प्रहरीले जनताको विश्वास जित्दै जनसेवामुखी काममा निरन्तर सक्रिय रहेको सन्देश दिएको छ।


