स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते
जितपुरमा ट्राफिक व्यवस्थापन सुदृढीकरण अभियान
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित ट्राफिक प्रहरी पोस्टद्वारा अहिले जितपुर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सक्रिय रूपमा काम भइरहेको छ।जितपुर ट्राफिक प्रहरी प्रमुख रामभगत यादवको अगुवाइमा ट्राफिक प्रहरी टोलीले मुख्य सडकदेखि बजार क्षेत्रसम्म नियमित रूपमा सवारी साधनको निरीक्षण, लेन प्रणालीको अनुगमन र दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धिमा जोड दिएको छ।
प्रमुख यादवले जितपुर क्षेत्रलाई सुरक्षित र व्यवस्थित ट्राफिक जोनका रूपमा स्थापित गर्ने लक्ष्यसहित टोली निरन्तर खटिरहेको बताउनुभयो। स्थानीय व्यापारी र यात्रीहरूले पनि हालको ट्राफिक व्यवस्थापन प्रणालीप्रति सन्तोष व्यक्त गरेका छन्।
यो अभियानले जितपुरकाे सवारी सञ्चालनमा सहजता ल्याउँदै सडक दुर्घटना र जाम न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


