बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक

बारामा जसपा नेपालद्वारा धर्ना सुरु, ९ बुँदे माग सार्वजनिक

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते

कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि आज जसपा नेपालले धर्ना थालेको छ। जिल्ला अध्यक्ष रमेश यादवको नेतृत्वमा पूर्व सांसद रामबाबु यादव तथा पार्टीका २०–२५ कार्यकर्ताहरूको उपस्थितिमा धर्ना सुरु गरिएको हो।

धर्नामा सहभागिहरूले राष्ट्रिय पहिचान, समावेशी प्रतिनिधित्व, किसानमाथिको अन्याय तथा सरकारी संरचनामा देखिएको अव्यवस्थाविरुद्ध आवाज उठाउँदै ९ बुँदे माग सार्वजनिक गरेका छन्।

जसपा नेपालले अघि सारेका प्रमुख मागहरू यस्ता छन्–

  1. संविधान संशोधन तथा पुनर्लेखन गर्नू।
  2. जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम
  3. गर्नूस्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार भित्र व्यवस्थित गर्नू।
  4. जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतीको व्यवस्था गर्नू।
  5. किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनू।
  6. प्रदेशका लागि प्रहरी र कर्मचारी समायोजन तुरुन्त लागू गर्नू।
  7. राजनीतिक नियुक्तिहरूमा हुने भागबण्डाको अन्त्य गर्नू।
  8. उखु किसानको भ्याट रकम ३५% तत्काल भुक्तानी गर्नू।
  9. मल–खादको प्रभावकारी व्यवस्था गर्नू।

जसपा नेपालले माग पूरा नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएको छ। पार्टीका नेताहरूले सरकारले माग प्रति गम्भीर नभए आन्दोलनको रूप अझ कडा हुने बताएका छन्।