मुम्बई । बलिउडमा अभिनेताहरू प्राय आफू भन्दा कम उमेरका नायिकाहरूसँग चलचित्रमा रोमान्स गर्छन् । तर यति बेला आफू भन्दा धेरै नै कान्छी अभिनेत्रीसँग चलचित्रको पर्दामा रोमान्स गर्ने भएपछि अभिनेता रणवीर सिंह विवादमा छन् ।
४० वर्षीय रणवीर सिंहले यति बेला नयाँ चलचित्र ‘धुरन्धर’मा आफू भन्दा आधा कम उमेरकी २० वर्षीय युवतीसँग रोमान्स गर्ने भएका छन् । यो चलचित्रको फस्र्ट लुक्स सार्वजनिक हुनासाथ अभिनेता सिंह चर्चामा आएका छन् ।
यो चलचित्रमा रणवीरको नायिकाको रूपमा अभिनेत्री सारा अर्जुन रहेकी छिन् । उनी अहिले २० वर्षकी भइन् । निर्देशक आदित्य धरले चलचित्रको कथा अनुसार रणवीरको जोडीको रूपमा सारालाई अनुबन्धित गरिएको बताएका छन् । यो एक जासुसी थ्रिलर चलचित्र भएकाले रणवीर सिंहको जोडीको रूपमा सारालाई लिएको पनि उनले बताएका छन् ।
यो चलचित्रमा रणवीर सिंहसँगै सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल र आर माधवन पनि मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् । यसमा रणवीर सिंह एकदमै खतरनाक चरित्रमा हुने निर्देशक आदित्यले बताएका छन् ।
अहिले रणवीर र सारा अर्जुनका तस्बिरहरू सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेका छन् । धेरैले यो जोडीलाई बाउ र छोरी जस्तो देखिएको भन्दै टिप्पणी गरेका छन् । सन २००५मा जन्मिएकी साराले पहिलो पटक सन २०११ मा तमिल चलचित्र देवी तिरुमगलमा बाल कलाकारको भूमिका निर्वाह गरेकी थिइन् । अहिले उनी चलचित्र धुरन्धरबाट बलिउडमा डेब्यु गर्दै छिन् । सारा अर्जुनसँग स्क्रिन शेयर गर्न लागेका रणवीर सिंहले अहिले भइरहेको आलोचना’bout कुनै जवाफ लिएका छैनन् ।एजेन्सी ।


