हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन

स्पर्श खबर जितपुर बारा मंसिर १३ गते:

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी औपचारिक रूपमा गठन गरिएको छ । नयाँ नेतृत्व चयनका साथसाथै १५ सदस्यीय पर्सा जिल्ला कमिटी सार्वजनिक गरिएको हो।

नवगठित कमिटीको जिल्ला अध्यक्षमा विकास शाह चयन भएका छन्।
त्यस्तै वरिष्ठ उपाध्यक्ष सन्तोष सर्राफ, उपाध्यक्ष राकेश श्रेष्ठ, महासचिव प्रज्वल डंगोल, सचिव उदय नारायण गिरी, कोषाध्यक्ष दीप नारायण यादव सहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको कमिटीले जनाएको छ।

गठन कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनी रहेका थिए।
यसैगरी केन्द्रीय अनुशासन विभाग प्रमुख चन्दन सनातनी, महिला हिन्दू अभियन्ता रमिता माया गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै संगठन सुदृढीकरण, धार्मिक तथा सांस्कृतिक संरक्षण, सामाजिक सेवा र स्थानीय तहमा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे।

पर्सा जिल्लामा हिन्दू सम्राट नेपालको गतिविधि विस्तार गर्न नवगठित कमिटी महत्वपूर्ण भूमिकामा रहने विश्वास व्यक्त गरिएको छ।