जितपुरसिमरा सञ्चारकर्मी यादव सम्मानित
स्पर्श खबर जितपुर बारा मंसिर १४ गते:
जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संघ बाराले सञ्चारकर्मी रञ्जन यादवलाई सम्मान गरिएको छ।
संघले सञ्चार क्षेत्र मार्फत स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक विकास, सामाजिक उत्तरदायित्व तथा समसामयिक विषयमा सक्रिय रूपमा कलम चलाउँदै आएका कारण यादवलाई सम्मान गरिएको बताएको छ।
समारोहमा संघका पदाधिकारीहरूले पत्रकारितामार्फत समाज रूपान्तरणमा योगदान पुर्याइरहेका पत्रकारहरू उत्साहित हुने विश्वास व्यक्त गरेका थिए। सम्मानपत्रले यादवलाई सम्मान गरिएको हो।
सम्मानपछि पत्रकार यादवले आफूले प्राप्त गरेको सम्मानले अझ जिम्मेवारीपूर्वक सचेतनामूलक तथा निष्पक्ष पत्रकारिता गर्न प्रेरणा मिलेको बताए।


