हरपुर विद्यालयमा ट्याङ्कर पार्किङ :पठनपाठन प्रभावित

विद्यालयमा ट्याङ्कर पार्किङ :पठनपाठन प्रभावित
स्पर्श खबर जितपुर बारा मंसिर १० गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणलाई व्यवसायीले ट्याङ्कर पार्किङ स्थल बनाएपछि विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । स्थानीय व्यवसायीहरूले पेट्रोलियम पदार्थ हुने गर्ने आफ्नो निजी ट्याङ्करहरू विद्यालय परिसरमा पार्किङ गर्दै आएकोले विद्यार्थीको पठनपाटन र खेलकुद गतिविधि प्रभावित बन्दै आएको विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुले जनाएका छन् । उनीहरूका अनुसार गाउँका केही व्यवसायीहरूले विगत लामो समयदेखि विद्यालयको खुल्ला चौरमा दैनिक सात आठ वटा समूह ट्याङ्कर राख्दै आएका हुन्। विद्यालयका प्राध्यापक रामनरेश यादवका अनुसार विद्यालय प्रशासनले पटकपटक सूचना जारी गरेर ट्याङ्कर नराख्न व्यवसायहरूसँग आग्रह गरेको भएपनि उनीहरूले अटेर गर्दै पार्किङ गर्दै आएका हुन्। हामीले बारम्बार सूचना निकालेर हटाउन भनेका छौं। तर व्यवसायीहरूले अहिलेसम्म टेरेका छैनन् प्रधानाध्यापकले भन्नुभयो । उहाँका अनुसार व्यवसायीहरूले लामो समयदेखि ट्याङ्कर पार्किङ गर्दै आएका छन्। विद्यार्थीहरूले आफ्नो विद्यालय चौरमा पेट्रोल पदार्थ हुने गर्ने ट्याङ्कर पार्कीले खेलकुद र अन्य अतिरिक्त क्रियाकलापको अभ्यास गर्न निकै समस्या भएको गुनासो गरेका छन्। उनीहरूले ट्याङ्करले चौर ढाकिएको हुँदा पिटी तथा खेलकुद क्रियाकलाप गर्न नसकेको बताएका छन्। विद्यालयका एक अभिभावकले पनि विद्यालय प्राङ्गणमा ट्याङ्कर राख्नु गलत भएको बताउँदै विद्यालय हातलाई सुरक्षित र खेलकुद मन्त्री बनाइदिन आग्रह गरेका छन्। स्कुलको चौरमा ट्याङ्कर राख्ने पार्क होइन गाउँ बाहिर तोकेको स्थानमा राख्नुपर्छ एक अभियोगले भनेका छन्।