यातायात कार्यालयका प्रमुखद्वारा व्यापक लुटतन्त्र

स्पर्श खबर जितपुर बारा मंसिर ९ गते:

बारा जिल्लामा यातायात कार्यालयका प्रमुखद्वारा व्यापक लुटतन्त्र चलाइरहेको आरोप लगाइएको छ। उक्त विषयमा नियमनकारी निकायहरू मौन बसेको भन्दै तीव्र असन्तुष्टि जनाइएको छ।

यातायातसम्बन्धी सेवामा सर्वसाधारणले भोग्दै आएका समस्या, अव्यवस्था र आर्थिक असुलीसँग सम्बन्धित विभिन्न गुनासोहरू सार्वजनिक भइरहेका बेला सामाजिक अभियन्ता सफर मनसुरले आफ्नो फेसबुकमार्फत कडा प्रतिक्रिया जनाएका छन्।

उनले लेखेका छन्, “बारा यातायात कार्यालय प्रमुख द्वारा लुट मच्चाइएको छ, नियमनकारी निकायहरू मौन छन्! विस्तृत छिट्टै ल्याउने छु।”

उनको यो अभिव्यक्तिले बारा जिल्लामा बढ्दो अनियमितता र सर्वसाधारणमाथि परिरहेको अन्यायबारे फेरि एक पटक ध्यानाकर्षण भएको छ।

यस विषयमा सम्बन्धित निकायहरूले छानबिन गरी यथाशीघ्र कदम चाल्नुपर्ने सर्वसाधारणको माग बढ्दो छ।