सिमरा खानेपानी तथा सरसफाइ उपभोक्त समितिका नवनिर्वाचित पदभार

स्पर्श खबर जितपुर बारा मंसिर ९ गते:

सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिको शपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पदभार ग्रहण समारोह आज सम्पन्न भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–१, सिमरामा आयोजित कार्यक्रमको अध्यक्षता निर्वाचन अधिकृत शालिग्राम अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

समितिमा हालै सम्पन्न निर्वाचनमार्फत चयन भएका पदाधिकारीहरूले निर्धारित प्रक्रिया अनुसार शपथ ग्रहण गरी प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिले नव–निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै खानेपानी तथा सरसफाइ क्षेत्रमा अझ प्रभावकारी सेवा प्रवाह गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा स्थानीय प्रतिनिधि, उपभोक्ताहरू तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।