फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेकाे भावना सार्वजनिक

फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेकाे भावना सार्वजनिक

स्पर्श खबर जितपुर बारा मंसिर ७ गते:

फेटा गाउँपालिकाका समाजसेवी युवा नेता उमेश दुवेले सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति साझा गरेका छन्। उनले लेखेका छन्, “भाग्यले कहाँ लिएर जाने हो थाहा छैन तर मेरो हरेक कदम, मेरो हरेक सोच, मेरो हरेक विचारमा अभिभावक सरह रहनुभएका फेटा गाउँपालिकाको सम्पूर्ण जनता प्रती सकारात्मक रही सेवा प्रवाह गर्नु हो।”

दुवेले जनताको साथ, भरोसा र विश्वास नै आफ्नो प्रेरणाको मुख्य स्रोत भएको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर जनसेवामुखी कार्य गर्ने प्रतिवद्धता जनाएका छन्। स्थानीय युवाद्वारा सक्रिय रूपमा उठाइएका सामाजिक तथा विकाससम्बन्धी मुद्दामा दुवेकाे पहल र उपस्थितिले उनलाई क्षेत्रका सक्रिय युवा नेताका रूपमा चिनाउने गरेको छ।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा अनेक टिप्पणिहरू आएका छन्, जहाँ धेरैले उनको जनमुखी सोच र प्रतिबद्धताको प्रशंसा गरेका छन्।