सिमरा खानेपानीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न, ३३२० मत खस्यो
स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:
सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा आजको मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल ३३२० मत खसेको छ।
निर्वाचन अधिकृत सलिराम अधिकारीले मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै मतगणना छिटोभन्दा छिटो सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, आज साँझ ८ बजेदेखि मतगणना सुरु गरिने छ।
मतदाताको उत्साहपूर्ण सहभागिता, सुरक्षाकर्मीको सक्रिय उपस्थिती र निर्वाचन समिति तथा स्वयम्सेवकको व्यवस्थापनका कारण मतदान निष्पक्ष र शान्तिपूर्ण बनेको अधिकारीहरूले बताए।
मतगणना सुरु भएपछि प्रारम्भिक परिणाम रातिदेखि नै आउने अपेक्षा गरिएको छ।


