स्पर्श खबर जितपुु बारा मंसिर १ गते:
प्रसौनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, किसानलाई समयमै लिन आग्रह
बाराको प्रसौनी गाउँपालिकाले आगामी बाली सिजनलाई लक्षित गर्दै किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। गाउँपालिकामा आवेदन दिएका किसानहरू आफ्नो नाम दर्ता भएको आधारमा तोकिएको समयमा आएर बिउ लैजान गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाका मेयर विनोद जयसाले मातहतका सबै कृषकलाई समयमै उपस्थित भई अनुदानमा उपलब्ध गराइने गहुँको बिउ वितरणस्थलबाट बिउ लैजान आह्वान गरेका छन्। उनले कृषि उत्पादन बढाउन र किसानको लागत घटाउनका लागि गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उपलब्ध अवसर नछुटाउन किसानहरूलाई अनुरोध गरेका छन्।
प्रसौनी गाउँपालिकाले किसानमैत्री कार्यक्रमअन्तर्गत यस वर्ष पनि गुणवत्ता सम्पन्न गहुँ बिउ वितरण गर्दै आएको छ। संबंधित किसानहरूले गाउँपालिकाको कृषि शाखामा सम्पर्क गरी तोकिएको म्यादभित्र बिउ प्राप्त गर्न सक्ने जनाइएको छ।


