प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन

प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन

स्पर्श खबर जितपुर बारा मंसिर १ गते:

बारा जिल्लकाे प्रसौनी गाउँपालिका वडा ५पस्टाेक स्थित जिनाथ बाबाको मन्दिरमा आजदेखि मेला सुरु भएको छ ।
निसन्तान दम्पत्तिलाई सन्तान प्राप्ति हुने आस्थाको केन्द्रका रूपमा देश–विदेशमा प्रख्यात तास्केश्वरनाथ जीनाथ बाबाको वार्षिक मेला यस वर्ष पनि भव्य रूपमा सुरू गरिएको छ । मेला बारा जिल्ला क्षेत्र नं. ४ ‘ख’ का नेपाली कांग्रेसका सभापति लोकेश सिंहले विधिपूर्वक पूजाआजा गर्दै उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा मन्दिरका पुजारी धनलाल ठाकुर, बारा जिल्लाका प्रहरी निरीक्षक खेम नेपाल, गण्डक इलाका प्रहरी कार्यालयका राज किशोर यादव, समाजसेवी बिरेन्द्र शाह, रमेश शाह, विजकिश्वर साह लगायत स्थानीय अगुवा तथा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

हरेक वर्षझैँ यस वर्ष पनि मंसिर १ र २ गतेसम्म मेला लाग्नेछ। निसन्तान दम्पतीलाई सन्तान प्राप्त हुने विश्वासका कारण तास्केश्वरनाथको मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनहरूको भीड लाग्ने गरेको समितिले जनाएको छ। मेलाको मुख्य आकर्षण नै यही धार्मिक आस्था रहेको मेलासमितिका अध्यक्ष केदार साहले जानकारी दिए।

मेला सफल र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था, सरसफाइ तथा व्यवस्थापनका सबै तयारी पूरा गरिएको आयोजक समितिले जनाएको छ।