जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते:

जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश गरेको छ ।

नेकपा एमाले पार्टीले जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरमा वडा कमिटीको वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ। कार्यक्रम वडा कमिटीका अध्यक्ष अनिल गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व सदस्य सुन्दर विश्वकर्मा रहेका थिए। उनले हालको राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै पार्टी सशक्त र संगठित रूपमा अघि बढ्नुपर्ने बताएका छन्।बिशिस्ट अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले नयाँ प्रबेशीलाइ बधाई गरेकाे थियोे ।

भेलामा विभिन्न राजनीतिक दल परित्याग गरी ५१ जना नयाँ सदस्यहरूले नेकपा एमालेमा प्रवेश गरेका छन्। नयाँ प्रवेशीहरूलाई प्रमुख अतिथि विश्वकर्माले टिका र माला लगाई स्वागत तथा सम्मान गरेका थिए।

सो अवसरमा पार्टीको युवा सशक्तिकरणका लागि युथ फोर्स सदस्य कमिटी गठन गरिएको छ। कमिटीको संयोजक नितिश पासवानको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको हो।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।