स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:
रामकुमारी झाँक्रीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भावनात्मक सन्देश।
नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पुर्व संसाद रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति भावनात्मक सन्देश दिएकी छन्।
फेसबुकमार्फत झाँक्रीले “प्रिय कमरेड माधव नेपाल, अभिवादन!” भन्दै शुरू गरेको लामो स्टाटसमा पार्टीभित्रको पछिल्लो घटनाक्रमप्रति गहिरो असन्तुष्टि प्रकट गरेकी छन्।
उनले लेखेकी छन्, “आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र?” भन्दै माधव नेपालले पार्टी प्रमुखको हैसियतमा लामो समय नेतृत्व सम्हालेको स्मरण गराएकी छन्।
झाँक्रीले थप लेखेकी छन्, “तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख, बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेवारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो।”
उनले माधव नेपालको राजनीतिक योगदान र समर्पणको कदर गर्दै अन्त्यमा लेखेकी छन्, “जिन्दगीमा के लानु छ कमरेड? समाज र देशका लागि जीवन र जवानी अर्पण गर्ने व्यक्तिले लाने त यति त हो — एउटा मिठो वा तितो स्मृति। बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र स्वास्थ्यको कामना।”
झाँक्रीको यो स्टाटस पछिल्लो समय समाजवादी पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृहरूको मनोविज्ञानसँग जोडिएको टिप्पणीको रूपमा हेरिएको छ।


